जिउदो लास भएकोछु चिहान खोज्दै छु !!
दु:ख भित्र दु:खले नै मोडेको जिबन
सुखी हुने उपाय र निदान खोज्दै छु !!
जिउदो लास भएकोछु चिहान खोज्दै छु !!
बन्द ओठ सँगै मेरा कापेका अधर
निर्धक्क भै सास फेर्ने बिधान खोज्दै छु !!
जिउदो लास भएकोछु चिहान खोज्दै छु !!
मेरा सबै खुशी हरु सकिए बगेर
कहाँ बाट चुहिन्छ खै मुहान खोज्दै छु !!
जिउदो लास भएकोछु चिहान खोज्दै छु !!
यता म छु उता उनी भेटौ म कसरी
तर्न भनि त्रिबेणी र दोभान खोज्दै छु !!
जिउदो लास भएकोछु चिहान खोज्दै छु !!
मरुभुमी लाग्न थाल्यो उजाड अचेल
'गाउले' रम्ने रमणिय मैदान खोज्दै छु !!
जिउदो लास भएकोछु चिहान खोज्दै छु
अंधेरिले छोड्यो साथ बिहान खोज्दै छु !!
रचनाकार
जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment