डाक्टरले भन्दै छ धामीको त्यो ढ्यांग्रो गलत छ
भमराले भन्दै छ पुतली र फट्याङ्रो गलत छ !!
हतियारको होड्बाजी चलेको छ यहा अचेल त
बन्दुकले भन्दै छ गुलेली र मट्याङ्रो गलत छ !!
लेखको त्यो खर्क त हानाथाप हुदै गएको छ
त्यो चौरिले भन्दै छ यो भेडा र च्याङ्रो गलत छ!!
जङलको राज हो आफु बाँच्न अरु मार्नै पर्ने
लुते स्याल भन्दै छ बलियो र बाङो गलत छ !!
समयको माग् होला अर्धनग्न हिन्छे काली पनि
समाजले भन्दै छ फेसन र नाङ्गो गलत छ||
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment