प्रियसी तिमी हाँसेर आउ
प्रेमको डोरी गाँसेर आउ ||
प्रेमको डोरी गाँसेर आउ ||
स्विकार गर्छु हृदय बाटै
पराइ नाता माँसेर आउ ||
पराइ नाता माँसेर आउ ||
चर्किन दिन्न त्यो छाती तिम्रो
पुराना घाऊ नाँसेर आउ ||
पुराना घाऊ नाँसेर आउ ||
कलीला मुना उमारौ हामी
छिप्पेका हाँगा छाँसेर आउ ||
छिप्पेका हाँगा छाँसेर आउ ||
लुकाइ राख मुटुको माझ
तस्बिर मेरै टाँसेर आउ !!
तस्बिर मेरै टाँसेर आउ !!
जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment