Pages

Monday, July 09, 2012

गजल ६६

तर्दा तर्दै वारीपारी बित्यो जिन्दगानी 
गर्दा गर्दै मारामारी बित्यो जिन्दगानी !!

खाजा पानी हलो जुवा काँध माथि बोकी 
धाँउदा धाँउदै पाखोबारी बित्यो जिन्दगानी !!

दाउरा घाँस गर्न लाई जान्थे खाली खुट्टा
पार गर्दै काँडाघारी बित्यो जिन्दगानी !!


प्रबासले लुट्यो बैस संम्झी जवानी त्यो
सुम्सुम्याउदै बोके दारी बित्यो जिन्दगानी!!

संम्झनाले सताउदा बसी एकान्तमा
दुई थोपा आँशु झारी बित्यो जिन्दगानी!!

समयनै बलियो छ खोटी मेरो कर्म
आत्मै बाट आँफैहारी बित्यो जिन्दगानी!!

जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: