Pages

Saturday, July 14, 2012

गजल ७२


पैतालाले  कुल्चीदिनु कोपिलामै झरें भने  
उखालेर फ्याकी दिनु मुना हाल्दै सरें भने !१! 

खोज्दिन म साहारा  त्यो  तिमी सँग बचाउको
ढुङ्गा टिपी झारी दिनु भड्खालोमा परें भने  !२! 

को छ मेरो अघीपछी मर्दा आँशु झार्ने यहाँ 
स्याल गिद्द छोडिदिनु बेवारीसे मरें भने !३! 


साउन झै बग्छ भेल कोमल यो आँखा बाट
बलेसिमा बगाइदिनु आँशुको भेल तरें भने ४! 

बाँच्ने रहर मरी सक्यो देख्दा तिम्रो जाली संसार  
लोहोरोले कुच्याइदिनु मृत्‍यु देखी टरें भने ५! 


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: