Pages

Tuesday, July 17, 2012

गजल ७४

तनभरी प्यास जागे त्यो ज्यान बल्छ पक्कै 
कोमल ई हात परे त्यो ज्यान ढल्छ पक्कै!!

अङालोमा बाँधिएर स्पर्षले चुम्दा त्यहाँ 
शर्माएर लोलाउदै त्यो ज्यान गल्छ पक्कै!!

धिमी धिमी ज्योति छर्दै प्रकाश पर्दा त्यहाँ
मन्द मन्द पिरतीको त्यो बास्ना चल्छ पक्कै!!



जवानीको जोस संगै गुमाउदा होस सारा
थकित भै पसिनाको त्यो दाना फल्छ पक्कै!!

उदाउछ सुर्य त्यहाँ प्रबेश गर्छ ज्योती
कानेखुशी गर्दा गर्दै त्यो रात टल्छ पक्कै!!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: