Pages

Thursday, July 19, 2012

गजल ७९


गजल

ठिटी देख्दा बुढो पनि ख्वाँक्क खोक्दो रैछ
हन गाँठे के भो भन्दै जिब्रो टोक्दो रैछ!१!

आना माना घिउ खाको तगडै हो बुढो
ढाकर भरी नुन हाली घ्याप्पै बोक्दो रैछ!२!

लुकी लुकी छिर्दो रैछ साँइलीको भट्टी
झ्याक्ने बुढो मर्छ होला रक्सी धोक्दो रैछ!३! 























संघियता भन्ने लुतो लागेछ कि क्या हो?
ढाक्रे राज्य यती भन्दै सिमा तोक्दो रैछ!४!


जातित्वको बिरोधमा बोल्ने लाई उस्ले
टेक्ने लौरो उठाएर ठ्वाक्क ठोक्दो रैछ!५!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: