Pages

Tuesday, July 17, 2012

गजल ७८

मुटु भरी आशा पाली खोजी रहे मैले
अंध्यारोमा दियो बाली खोजी रहे मैले!१! 

सुन्यतामा हराउदै निहाल्दै थे कोही 
आँफै लाई पार्दै खाली खोजी रहे मैले!२!

खोज्दा खोज्दै थाकी सके भेटिएन अझै
सुस्केरामा श्वास हाली खोजी रहे मैले!३! 



बन पाखा खोज्दै हिने सुसेलीले डाक्दै
पागल झै ठोक्दै ताली खोजी रहे मैले!४!

भक्कानीदै झर्छ आँशु खान बस्दा पनी
आँशुले नै भर्दै थाली खोजी रहे मैले!५!

पाउनु नै मायाँ संम्झे कती स्वार्थी रैछु
पिरतिमा हुँदै जाली खोजी रहे मैले!६!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

1 सुझाबहरु:

Milan Aryal said...

भावमुलक गजलले मनै जित्यो दाजु