Pages

Monday, July 09, 2012

गजल ६७

अधुरो प्रेमको निसानी नखोज 
आँशुले भिजेको शिरानी नखोज!१!

औशिको रातमा हुर्केको मान्छे म
मिर्मिरे उषाको बिहानी नखोज!२!

सम्हाल आँफैले उर्लेको चाहना
ढल्केको बैशमा जवानी नखोज!३!


तानेर छिनायौ जोडेको सम्बन्ध
छिनेको नेतिमा मधानी नखोज!४!

नमाग सम्पती तिमीले म सँग
फुटेको कैडीमा चौआनी नखोज!५!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: