Pages

Sunday, July 01, 2012

गजल ६३


चर्चा सुन्थे चन्द्रमाको मैले हेर्दा दाग देखे
तुलसीको सुबाशमा अनौठो त्यो राग देखे!!

पाए सम्म चुसी रहने उपिया झै बानी भाको
मानिसको स्वरुपमा बिषालु त्यो नाग देखे!!

नहुने पो के नै रैछ पसिनाको दाना पोखे
मरुभुमी बगरमा रङी चङी बाग देखे !!


कर्मचारी ब्रमाचारी सबै यहाँ अत्याचारी
सहमती भन्दै लाको बिलो अनी भाग देखे!!

फट्याङ्राले मासु खाए हेर कठै! बुढो बाघले
चपाएर ओकालेको आलो आलै साग देखे!!

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: