Pages

Saturday, July 14, 2012

गजल ७३


तन मन बचनले तिमी मेरै हौ 
पिरतिको बन्धनले तिमी मेरै हौ!!


हृदयको नाता तोडी बन्यौ पराइ 
भन्छ अझै यो मनले तिमी मेरै हौ!!



सँगै मिली खाएका ति बाचा कसम 
भावनात्मक ओजनले तिमी मेरै हौ!!


कानेखुसी गर्दै थिए भिर पखेरा 
भन्दै थियो गगनले तिमी मेरै हौ!!


देबकोटाको महाकाब्य हाम्रै काहानी 
भन्छ मुना मदनले तिमी मेरै हौ!!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: