Pages

Tuesday, July 17, 2012

गजल ७७



नचिनेको मान्छे लाई नकोट्याउ चेली
छोटो जामा लाई अझै नछोट्याउ चेली!!

संस्कारको स्वाङ रच्दै कंकृटको घर
जानी जानी गोबरले नलोट्याउ चेली!!



रची रची झुटो अर्को पिरतीको खेल
कोमल ती मुटु हरु नचोट्याउ चेली!!


बिदेशीको सिको गर्दै बाउबाजेले यहाँ
कमाएको इज्जत लाई नखोट्याउ चेली!! 

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: