Pages

Sunday, July 01, 2012

गजल ६४


गाँउ बाट शहर जाँदा गाडी देख्दै रमाएँ 
बजारमा झुन्डाएको साडी देख्दै रमाएँ !!


लामो जुल्फी फर्काएर हेर्दा खेरी केशमा 
लिखा दाना चम्कना र ढाडी देख्दै रमाएँ 


पिसाबले च्यापेको थ्यो बजारको बिचमा 
एकान्तमा अली पर झाडी देख्दै रमाएँ !!



नयाँ ज्वाँई पहिलो पल्ट ससुराली जादा त 
मजा संग ओछ्याएको राडी देख्दै रमाएँ !!


मेरी माया सार्है मोटी अलिकती काली थि
उसैलाई संम्झिएर पाडी देख्दै रमाएँ!!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: