Pages

Tuesday, July 17, 2012

गजल ७५


चौबन्दिको तुनामा भुलेको छ गाँउले 
टपरी र दुनामा भुलेको छ गाँउले!!


गाई बस्तु गोठालो गर्दै बन पाखामा 
गाँउ गल्ली कुनामा भुलेको छ गाँउले!!


बसन्तमा पालुवा फेर्दै गर्दा हरिया 
पलाएका मुनामा भुलेको छ गाँउले!!



भिर पाखा पखेरा मुटु भित्र राखेर  
मोहोनी त्यो टुनामा भुलेको छ गाँउले!!


अझै याद ताजै छ सेतो माटो कमेरो 
संम्झिएर चुनामा भुलेको छ गाँउले!!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: