Pages

Saturday, July 07, 2012

६ मुक्तक


मुक्तक १  

बगैचाको बेहाल छ माली बिना यहाँ 
फलैचाको बेहाल छ काली बिना यहाँ !
सुत्केरी छे स्वास्नी मेरी फोहोर भो कोठा 
गलैचाको बेहाल छ साली बिना यहाँ!!

मुक्तक २ 

आज भोली आँफै देखी खिन्न भाको छु 
हिजो भन्दा आज धेरै भिन्न भाको छु !
दु:ख भुल्ने नसा नै भो मेरो साहारा 
आज एका बिहानै म टिन्न भाको छु!!

मुक्तक ३

अझै पनि जवानी छु भन्थी बुढी माउ 
आफु लाई तरुनिमा गन्थी बुढी माउ!
अझै पनि फुर्ती ठुला उकालोका कुरा 
हिन्दा पनि ठसठसी कन्थी बुढी माउ !!


मुक्तक ४ 

बैश हुँदा वरीपरी घुम्ने हरु कती कती 
मेरै छेउ सधैं भरी झुम्ने हरु कती कती!
तन्देरीका हुल हरु मर्नै खोज्थे जवानीमा 
सुम्सुम्याउदै मेरै गाला चुम्ने हरु कती कती!!

मुक्तक ५ 
जग सारा जगमगायो तिमीलाई देख्दा 
फूल सारा मगमगायो तिमीलाई देख्दा !
मन्द मन्द मुस्कुराउदै समिपमा आउँदा 
पाउ मेरो डगमगायो तिमी लाई देख्दा !!

मुक्तक ६

केबल म अनुरागी मेरो राग तिमी 
ढकमक्क खुशी फूल्ने मेरो बाग तिमी !
दु:ख सुख जिन्दगीमा बन्छु साहारा म 
हात मेरो समाएर साथ लाग तिमी!!

जीतु खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: