Pages

Monday, December 23, 2013

गजल

जंगलमा चिच्याउथे भवनमा चिच्याउँछन् 
अचेल ति बाँदरहरु सदनमा चिच्याउँछन्!!

अभाबले पिल्सिएका गरिव र दुःखीहरु 
महंगी र अभाबको उल्झनमा चिच्याउँछन्!!

देशको निम्ती ज्यानै दिने नौजवान सिपाइहरु 
गोर्खालीको गाथा गाँउदै पल्टनमा चिच्याउँछन्!!

महलमा हुर्केकाहरु लौ हेर्नुस् त लाजै बिना 
बार्हबजे आँखा मिच्दै शयनमा चिच्याउँछन्!!

रितीरिवाज बिषठान्ने आधुनिक युवाहरु 
गाँउलेको पुरानो त्यो चलनमा चिच्याउँछन्!!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: