Pages

Saturday, May 17, 2014

गजल (मान्दै मान्दिन )

प्याच्च पुच्च बोल्न हुन्न भन्दा पनि मान्दिन उ
भाको ईज्जत पोल्न हुन्न भन्दा पनि मान्दिन उ!!

आफ्नै पोइले जाँड खाएको कुरा गर्दै संगी सँग 
आन्द्रा भुँडी खोल्न हुन्न भन्दा पनि मान्दिन उ !!

फलाना र चिलाना झै सम्पत्तिको तराजुमा 
आफुलाई तोल्न हुन्न भन्दा पनि मान्दिन उ !!

स्वतन्त्रता भन्छे मोरी अर्ध नग्न हिंड्न यहाँ
जोखिम छ मोल्न हुन्न भन्दा पनि मान्दिन उ!!

मान्नु पर्छ रितिरिवाज समाजमा बसे पछी
कु संस्कार घोल्न हुन्न भन्दा पनि मान्दिन उ!!


जीतु खड्का  गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: