Pages

Friday, August 21, 2015

तिजको गित

सब्द संयोजन: जीतु खड्का गाउँले
स्वर : पौडेल जी
सगीत: श्यामजंग खत्री
मोडेल:ज्योति मगर

यो सालको तिजमा ढाडे बिरालो गाएर 
बर्त बस्छु मासु भात रक्सी खाएर 
रातो साडी लाँउदि म बुडा तिम्ले चाहेर 
उफ्री उफ्री नाच्छु म त स्कट लाएर !!

नर-नारी बराबरी चर्को नारा लाउने हो 
सुन बुडा अब नानी तिम्ले पाउने हो 
महिना दिन मान्छु तिज तारेहोटल धाएर 
उफ्री उफ्री नाच्छु म त स्कट लाएर !!


दुईटा पोइ पाउनैपर्ने सम्बिधानमा लेखाउदै 
कुमारी मै नानी पाँउछौ नाटक देखाँउदै 
हिम्मतवाली नारी हामी नसम्झ भो कायर 
उफ्री उफ्री नाच्छु म त स्कट लाएर !!


कती बस्नु सधैंभरी चुल्हो चौको गरेर 
बस्दिन मा झ्याक्ने बुडा तिम्रो भर परेर 
हिड्छु पोइला नाठो च्यापी घोर्ले छोरो पाएर 
उफ्री उफ्री नाच्छु म त स्कट लाएर !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: