Pages

Friday, September 04, 2015

गजल

परिचित छु हजुरको बोलीसँग पनि 
बोलीसँगै उछिट्टिने गोलीसँग पनि !१!

सोधिखोजी हुन्न सर्खार भोकैमर्दा मान्छे 
वार्ता गर्छस् हतियारधारी टोलीसँग पनि!२!

धेरै रगत पोखिदैछ सडकभरी अचेल 
पानी हैन रगत होला खोलीसँग पनि!३!

कुर्शीसँग इमान बेच्दा अचम्म के मान्नु?
सौदा गर्छन् अवलाका चोलीसँग पनि!४!

भोलि खुशी आँउछ भन्दै नलडाउ बिन्ती 
आज जस्तै दु:ख होला भोलिसँग पनि!५!

दरिद्री छ बिचार तिम्रो त्यसैले त भन्छौ 
दुस्मनी छ साधुका ती झोलीसँग पनि!६!

जितु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल- साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: