Pages

Friday, September 25, 2015

गजल

यता उता चारैतर्फ डामाडोल छ यार
जिन्दगी नै अलपत्र भद्रगोल छ यार!!

आँशु बनी तप्प झर्यो हत्केलामा जीवन
कसरी म समेटुँ यो झोलैझोल छ यार !!

अभाबले पोती दियो मुहारभरी मोसो 
गाँवै भरी मेरै पोल खोलाखोल छ यार!!

राखी दिए लीलामीमा आफ्नै जीवन मैले 
आउनुहोस् बजारमा बोल कबोल छ यार!!

आँशु पिउदै प्यास मेट्नु बाध्यता यो मेरो 
पानी भन्दा यो आँशुको सस्तो मोल छ यार !!

जितु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: