Pages

Sunday, January 03, 2016

उडन्ते जोक्स

हाँस्न मन लाग्यो हा ..हा... हा.. हा.. हा.. 













उटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछन  र टुरिस्टले नेपाली गाईडलाई सोधेछ 

टुरिस्ट " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।

रानीपोखरी देखे पछि 
फेरी टुरिस्टलेसोधेछ  
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड  : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।

घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
फेरी टुरिस्टलेसोधेछ  
टुरिस्ट: यो धरहरा बनाउन कती समय लागेको थियो नि 
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन
टुरिस्ट ठाउँको ठाउँ बेहोस् .......................






एक दिन हिसाब पढाउने सरले भागा सिकाउदै 
शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी :यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक:(उदाहरण दिदै ) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ? 
विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षक :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? 

विद्यार्थी:(हत्तारिदै) ...एकै स्वरमा ) ४ - ४ जना पुग्छ सर ।



गफाडिको गफ: 
एक दिन एउटा इमान्दार खरायोलाई गाजर खान मन लागेछ 
अनी पैसा बोकेर नजिकैको सब्जी तथा फलफुल पसलमा गएर सोधेछ 
खरायो : साहु जि गाजर छ 
साहुजी : छैन गाजर जा भाग तँ 
खरायो लुरु लुरु आफ्नो वासस्थान तर्फ  लागेछ 
भोली पट फेरी टुप्लुक्क पसलमा आएर उही प्रश्न गरेछ 
खरायो : साहु जि गाजर छ 
साहुजी: छैन गाजर जा भाग तँ 
यो सिलसिला ४-५ दिन लगातार चलेछ खरायोले आफुलाई जिस्काएको सम्झी  साहु जि रिसले मुमुरिदै  
आज पनि खरायो मलाई जिस्काउन आयो भने बङरा झारेछ छोड्छु भन्दै मन मनै योजना बनाएर बसेछन 
नभन्दै खरायो टुप्लुक्क आएर उही प्रश्न तेर्साएछ 
खरायो : साहु जि गाजर छ 
साहुजीले मर्ने गरी मुखमा मुक्का हानेछन खरायोको ४ वटा दाँत गर्ल्याम्मै झरेछन 
त्यँहा बाट खरायो तुफान डौडिएर कता भाग्यो कता 
दुईचार दिन खरायो पसलमा नआएपछी साहु जि खुशै हुँदै आफ्नो ब्यापार गर्दै थिए 
एक हप्ता पछी आफ्नो थोते दाँत देखाउदै खरायो टुप्लुक्क आएर फेरी प्रश्न गरेछ  
खरायो : साहु जि गाजरको जुस छ ?

साहुजी बेहोस् ................
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: