Pages

Thursday, March 03, 2016

जडिया गजल

हात्तीपनी सुँगुर लाग्छ पिएपछी यार 
आफैमात्र मस्सुर लाग्छ पिएपछी यार!!

फूल हैन हेराइ राम्रो त्यही भएर होला 
पोथीकुखुरो मुजुर लाग्छ पिएपछी यार !!

न भोक न शोक लाग्छ केवल एकथोक 
मात्र पिसाब तुरतुर लाग्छ पिएपछी यार!!


कोही भने पिए पछी लर्बरिदै हिड्छन 
मलाइ निन्द्रा घुरघुर लाग्छ पिएपछी यार!!

बर्षौ देखी एक्लो जीवन बिताएर हो की 
राँडो लाग्छ बिदुर लाग्छ पिएपछी यार !!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: