Pages

Tuesday, June 14, 2016

गजल

जसरी यो जगत फेरिएन कहिल्यै 
उस्तै मेरो हालत फेरिएन कहिल्यै!!

आधापेट खाएरनै अघाउछु म अझै 
पुरानो यो आदत फेरिएन कहिल्यै!!

बिद्रोहले मात्र यो सरकार फेरियो 
इ यो गालाको खत फेरिएन कहिल्यै!!

गरिवको बाध्यता छ गरीवीमै मर्ने 
इमान न इज्जत फेरिएन कहिल्यै!!

उस्तै रहयो मेरो जिन्दगीको हिसाब 
ऋणात्मक छ औसत फेरिएन कहिल्यै !!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: