Pages

Thursday, June 30, 2016

गजल (खड्का दाइले पनि )


पानी समाइ तर्पण दिए लिम्बुराइले पनि 
र'त दिउसै जाँड धोक्छ्न खड्का दाइले पनि!!

पहिचान सगै स्थान खोज्छ अचम्म छ गाँठे 
हलुवाइको पसल भित्र मिठाइले पनि !!

फुटाई दिनुस पञ्चेवाजा नर्सिहा र झ्याम्टा 
दलित भन्दै गिज्याउछ रे सनाइले पनि!!


लास माथि यो राजनिती लौ नगर्नुस् भयो
आँशु पोख्दै भन्दै थियो कसाइले पनि !!

आँखै सामु दाजुभाइ हत्या भाको देख्दा 
मुटु पोल्छ अचेल प्रवास बसाइले पनि!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: