Pages

Thursday, June 30, 2016

गजल

खालि पाना भए जीवन सच्याईदिन्थे होला 
बोतल भए जीवन आफै रित्याईदिन्थे होला !!

बोझ लाग्छ जीवन आफ्नै आज भोली मलाइ 
मिल्ने भए आफ्नै आयु छोट्याईदिन्थे होला !!

आँखै सामु आफ्नै खुशी मसानघाट पुग्दा 
संगै जान मिल्ने भए पछ्याईदिन्थे होला !!

सम्झौता र समर्पणको मिश्रण रैछ जीवन 
अभाब मात्र भए पनि सुल्झ्याइदिन्थे होला!

-जीतु खड्का 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: