Pages

Thursday, June 30, 2016

गजल (दुनियालाइ देखाउनु छ )

समयको चुनौती हो दुनियाँलाइ देखाउनु छ 
की उसलाई हराउनु छ की मलाइ मेटाउनु छ !!

भाग्य सँग दुश्मनी त जमानामै मोलेको हुँ 
बचपनको दुश्मनी यो अझै मैले निभाउनु छ !!

खैला बैला गर्दै आउछन् नआऊ ए यादहरु 
ननिधाको धेरै भयो एकै झप्को निधाउनु छ!!


छोड्दे छोरा गजल लेख्न बुवा यसै भन्नुहुन्छ 
खानु पर्छ भने तैले हलो कुटो समाउनु छ !!

'गाउले'को दु:ख ब्याथा के सुनाउँ म हजुरलाइ 
दसैँ आँउदा पनि भन्छन् दौरा फाट्यो सिलाउनु छ!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: