Pages

Monday, July 11, 2016

प्रधानमन्त्रीज्युको अन्तर्वार्ता

पत्रकार :- प्रधानमन्त्रीज्यू नमस्कार !
अाेली :- "जस्तालाई तस्तै, ढिँडाेलाई निस्तै", नमस्कार मेराे पनि
पत्रकार :-  पछिल्ला केही महिनादेखि सरकार प्रमुख हुनुहुन्छ, सरकार चलाउँदाकाे अनुभव कस्ताे हुँदै छ ?
अाेली :- "भँगेराे मार्न सजिलाे, भुत्ल्याउन गाह्राे" भन्ने सुनेकाे थिएँ । भाेग्दै छु , साेचेजस्ताे सजिलाे छैन ।
पत्रकार :- एमाले सरकारकाे कार्यशैलीमा नेपाली कांग्रेसभित्र २ धार छ, गगन थापा र सुजाता काेइराला चाहि तपाईंको समर्थनमा छ नि ; के हाे गाँठी ??
अाेली :- के भनाैँ खै, लेखनाथ पाैडेलकाे कविता सुन्नुभएकाे छैन कि के हाे ? सुन्नुस् - "हिलैमा भ्यागुताे बस्छ, हिलैमा कमलस्थिति ! स्थानले के कुरा गर्नु ? भिन्नै छ गुणकाे गति ।"
पत्रकार :- माअाेवादी पाटी कहिले एमालेकाे समर्थन गर्छ त कहिले विराेध गर्छ, यसमा केही कारण छ कि ?
अाेली :- माअाेवादी पाटी # जँड्याहा पाेइजस्ताे हाे, कहिले तेहि मुखले मिठाे मुइँ खान्छ, कहिले नमीठाे गाली गर्छ,जस्ताे भएनी सहनै पर्ने, के गर्नु ? पाेइ त अाखिर पाेइ नै हाे नि !!
पत्रकार :- इण्डियाले ढलाउनै अाँटेकाे एमाले सरकार कसरी जाेगाउनुभयाे ?
अाेली :- हाहाहाहा, हाहाहाहाहाहा !! "इण्डियाभन्दा अाइडिया ठुलाे" भन्ने थाहा छैन तपाईंलाई ??
पत्रकार :- कहिलेकाहीँ पाटीभित्रैबाट पनि तपाईंको विरोध हुन्छ नि !
अाेली :- के भनैाँ, "झगडालू स्वास्नी काउछाेको माला" भन्छु चित्त बुझाउँछु।
पत्रकार :- राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बाेलाउनुभयाे नि, किन हाे ?
अाेली :- कांग्रेसले नियुक्ति दिएकै भए नि, केही गर्छन् कि भन्ने लागेकाे थियाे, "ढिकीले स्वर्ग गएनि धानै कुट्दाे रहेछ", माखाे मारेनन्, फिर्ता बाेलाएँ ।
पत्रकार :- शेरवहादुर देउवा किन यतिबिधि भारतपरस्त भएर बाेलेका ?
अाेली :- "लाटाे बाहुनकाे काम नै घन्टा बजाउने" हाे, शेरे बाेलिरहन्छन् । "मकैकाे राेटीमा घिउ हाल्नु र माइतीकाे सम्पत्तिमा जीउ हाल्नु बेकार हाे" भन्ने कुरा देउबालाई कसले बुझाइदिने ?
पत्रकार :-शेरबहादुर देउवाले कांग्रेसलाई अब केही देलान् ??
अाेली :- केही दिँदैनन्, "सुघ्घरी स्वास्नीकाे पाेइ माेटाउँछ, फाेहाेरी स्वास्नीकाे कुकुर माेटाउँछ", देउवाका कारण काँग्रेस दुब्लाउँछ, भारत माेटाउँदै जान्छ । म त बुढाे भएँ, तपाईंहरु हेर्दै जानुहाेला ।
पत्रकार :- राप्रपा नेपाल पार्टीले केही गर्छ कि ??
अाेली :- खै, "मगरकाे उमेर र भेडाकाे उमेर ज्यान हेेरेर अन्दाज गर्न सकिँदाे रहेनछ", केही गरेछ भने गरेपछि पत्याउँला ।
पत्रकार :- बाबुराम भट्टराईको# नयाँशक्ति पाटीमा थुप्रै व्यक्तिकाे उपस्थिति देखियाे, कसरी हेर्नुभएकाे छ यसलाई ?
अाेली :- हैन, कसरी हेर्नू अब ! "भालुकाे चाकमा भुत्लाकाे के दरिद्र" ?? हाेलान् २/४ भुसुनाहरू ।
पत्रकार :-मधेशी नेताहरू पछिल्लोपटक धेरै पटक दिल्ली धाइरहेका छन्, केही छ यसमा ?
अाेली :- हाहाहा, स्वास्नी रिसाए कहाँ जान्छे ? माइत ।
"अोह्रालो लागेकाे घाम र पखाला लागेकाे बुढाे कतिन्जेल टिक्छ?" थाहा हुँदैन । मधेसीलाई पखाला ला'काे छ । छिटै सिद्धिन्छन् ।
पत्रकार :- उता सीके राउत मधेश देश बनाउँछु भन्दै कुर्लिएका छन् नि ! 
अाेली :- हाहाहा, घरमा चर्पी समेत बनाउन नसक्ने २ काैडीका बिहारी घुसपैठियाहरूले देश बनाउने रे !!
पत्रकार :- सीके राउतलाई जेल हाल्ने या देशनिकाला गर्नुपर्दैन ??
अाेली :- हैन, "सबै कुकुर काँशी गए गू कस्ले खान्छ ?" याे कुकुर यहीँ रहाेस् । याे हल्लिएकाे दाँत हाे,एकदिन अाँफै फुस्किन्छ, टन्टै साफ
(स्रोत:फेसबुकमा भेटेको सुने अनुसार (_चिरञ्जीवी ढकाल )ले तयार पार्नु भएको रे यो रमाइलो कुराकानी )
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: