Pages

Monday, December 26, 2016

गजल

बिदेसीको पाउ मोल्दै रजाइ गर्छु भन्छन
हजुरले लाको गुणको भर्पाइ गर्छु भन्छन् !!

देशद्रोहको कुरा गर्दा ताली पिट्ने नेता
रास्टियता कुरा गरे कार्वाही गर्छु भन्छन् !!

सहिद बेच्ने ब्यापारीले पचास लाख देखाइ
थाप गोली घाइते भए दबाइ गर्छु भन्छन्!!

अख्तियारको घाँटी रेटी खै कसरी पत्याउ ?
भ्रस्टचारको जरै देखी सफाइ गर्छु भन्छन्!!

नपोख भो अन्मोल आँशु यो देशका खातिर
नेपाल आमा बलात्कार तँलाई गर्छु भन्छन!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: