न पाएँ साथ न रह्यो आश कस्तो भो जिन्दगी
जिउँदै मारी नलैजा प्राण पिरती हुनिको!!२,
सँघर्षको मैदानमा दु;ख सुख सबै आउँछन
परेलिमा सजाउँने आशा बोकी मायाँ लाउँछन्
सुन्दर शान्त तलाउ झैँ कहाँ हुन्छ जिन्दगानी
लुकाएका खुशिलाई आँशु हरुले चिहाउँछन!!
३,
तिमीलाई मिलोस खुशी दु;ख म सहि दिन्छु
चोट लाग्दा तिमी रोए मल्हम म भई दिन्छु
थपेर आयु मेरो पनि सयौँ बर्ष बाँच तिमी
मरेर स्वर्ग पुग्नु तिमी म नर्क गई दिन्छु!!
४,
भोकाएका आँखाहरुले सधैँ मलाई हेर्छन
तिर्खाएका ओठहरुले सधैँ मलाई केर्छन
मेट्छु भनी मनको तृष्णा अघि बढ्दा खेरी
अनायसै पाईला तिम्रो बाटो किन फेर्छन!!
५,
हाँस्नु बोल्नु मायाँ लाउँनु भावनाको गीत संम्झ
आँशु हाँसो मिलन बिछोड नियतिको रित संम्झ
दोभानमा भेट हुँदै छुट्टिएका नदि जस्तै
पर्खाइमा जीवन काट्ने यही हाम्रो जित संम्झ!!
६,
किन रुँनु सब्द भित्र हाँसेर नै बोले हुन्छ
हृदयका पाना जती मेरै सामु खोले हुन्छ
कैले टाढा कैले नजिक समयको खेल संझ
थकाई र बेदनालाई एकै ठाउँमा पोले हुन्छ!!
७,
बसन्तमा पलाउन सिशिरमा झर्न सिक
हर्षका ति आँशु झार्न प्रतिक्षा नि गर्न सिक
अरुको त्यो खुशी हेर्दै बाँच्नु पर्ने दुनियाँमा
छितिजको लक्ष्य चुम्न जंघार त्यो तर्न सिक!!
~~
कल्पना भाबुक
काठमाडौ
हाल ; इजरायल
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment