Pages

,

Saturday, August 10, 2019

गाँउलेका ५ गजल

गजल
सरक सरक पार्दै सारी साँझ पर्दा नआउ 
एक्लो छु म सुन प्यारी साँझ पर्दा नआउ!१!

कोमल त्यो वदनमा घाउ बन्न के बेर ?

छिचोल्दै यो काँडाघारी साँझ पर्दा नआउ!२! 

दुनियाको नजर छल्दै आएकी छ्यौ एक्लै 

जाला इज्जत एक्ली नारी साँझ पर्दा नआउ!३! 

कुरा काट्ने समाजलाइ  किन दिनु काट्न 

दिउसै आउ सोचीबिचारी साँझ पर्दा नआउ!४! 

जोगाउनु छ थोरै इज्जत यि गाँउलेको माझ  

हेक्का राख दुनियाँदारी साँझ पर्दा नआउ!५!  


गजल २ 
वाध्यता त छँदै थियो झन् पीर थपिएछ 
हुर्केकी थि छोरी घरमा मंसिर थपिएछ !१! 

रातै भरी खोक्नु हुन्छ दमका रोगी बुवा 
यस्तो लाग्छ चौकीदारको जागिर थपिएछ  !२! 

यै कारणले ज्योतिषीले भाग्यमानी ठाने 
भारिबोक्दा निधारमाथी लकिर थपिएछ!३! 

यी टाउकामा फेरी ऋण थपिदैछ साथी
कारण उही मन्त्रि ज्युको घुमफिर थपिएछ !४! 

अभाब बोकी जन्म्यो गाँउले दु:ख खेप्दै मर्यो 
संघर्ष मै गरिव मर्ने नजिर थपिएछ !५! 

गजल ३ 
नदिनाला बेचिदिन्छ्न खानि बेचीदिन्छन 
यि नेता हुन देश जलाई खरानी बेचीदिन्छ्न!१! 

वालुवाटार बेचे अरे आरे सुन्नु भयो ?
नतर्सिनुस् सत्तासामु आमा नि बेचीदिन्छ्न!२! 

सर्खार भन्छ बिदेश बस्ने युवा फिर्ता ल्याँउछु 
मन्त्री ज्यु नै श्रम गर्दै राहादानी बेचीदिन्छ्न!३! 

मैले खाडीमा पसिना बेची खुशी किनेको छु 
कसैले त खुशी किन्न जवानी बेचीदिन्छन!४! 

नयाँ दौरा फेर्ने रहर बा को पनि हुन्छ 
सन्तानको खातिर बर्ष्यानी बेचीदिन्छ्न!५! 

Thursday, March 28, 2019

गजल

भन्नेले त यसै भन्छन् यो मान्छे त बौलाहा छ
सर्पको खुट्टा सर्पले नै देख्छ मलाई यती थाहा छ!!

एउटी नारी गजलको मञ्चमाथी के उभ्भेकी थिन्
गजल वाचन गर्नु अघी नै मेहफिलमा वाहा वाहा छ !!

मैले कहाँ उजुरी गर्दा न्याय पाँउछु सर्खार?
पीडित छु छिमेकी देखी मिचाह छ हेपाहा छ!!

यो कारणले मान्छेहरु खुशी रहन सक्दै सक्दैन 
किन कि उ भित्र इर्श्या छ जलन छ रिस डाहा छ!!

अलिकती ऋण चाहिएको छ रुँदै भने मौलानाले 
दाईजो दिनु पर्छ 'काजी' साहब छोरीको निकाहा छ!!

गजल

न्याय बिक्न थालेदेखी अदालतमा हजुर 
धेरै छुटे अपराधी जमानतमा हजुर !!

देशद्रोही नेता हून्छन् भ्रस्टचारी मन्त्री 
अचम्मको देश छ हाम्रो यो जगतमा हजुर!!

मलाइ पनि सु-शासन त आए जस्तै लाग्यो 
सन्तान मर्दा घुस माग्छन् सनाखतमा हजुर!!

यसै बाँच्छु मेरो निम्ती चिन्ता नली सर्खार 
नाम्लो बरीयो पाएको छु विरासतमा हजुर !!

वाइट वडी सुन काण्ड सके जती लुट्नुस
बिन्ति देश त राखीदिनुस् हिफाजतमा हजुर

Monday, February 18, 2019

गजल

कहिले काँहि भेटे काफी हरदम चाँइदैन 
रक्सी भए पुग्छ हजुर रम चाँइदैन !!

पिउनेहरुको बाहाना हो च्यालेन्ज गर्यो भन्ने 
सरावीलाई च्यालेन्ज गर्न मौसम चाँइदैन!!

ठुलो मान्छे बन्नु अघि मान्छे बन्नु छोरा 
तेरो बालाई प्रमाण पत्र प्रथम चाँइदैन!!

अलिक बेसी पिउँछु आज दुखेको छ दिल 
पर लैजाऊ ओखती र मल्हम चाँइदैन !!

एउटा आँखा आँशू पोख्छ अर्को त्यसै डुब्छ
वेदनामा डुब्न यिनलाई संगम चाँइदैन !!

गजल

ठुला या स-साना धेरै छन् म सँग 
दु:खका खजाना धेरै छन् म सँग!!

कहाँ खोज्छौ ? प्रिये हराएँ भने म 
जोगी हुँ ठेगाना धेरै छन् म सँग!!

भयो घुर्की नलाउ गए हुन्छ जाउ
जिउने बाहाना धेरै छन् म सँग!!

बोकी नुन घाऊ खोताल्न नआउ 
नयाँ र पुराना धेरै छन् म सँग!!

सक्दैनौ भो बुझ्न पढेर यो जीवन 
च्यातिएका पाना धेरै छन् म सँग !!

Friday, February 01, 2019

गजल

जिन्दगी भन्नु नै बैगुणी रहेछ 
खुशी त खोज्नु नै नहुनी रहेछ!१!

सुदामा भएर म खुशी खोज्दै थे 
भेट्टाए कंश र सकुनी रहेछ !२!

जूनी जूनी सम्म फेरी जन्मु भन्थे 
भोगेरै नसक्ने यै जूनी रहेछ !३!

यी मान्छे दुनियाँ रुवाइ रहन्छन्
हँसाउने मात्र त्यै कुटुनी रहेछ !४!

जलाउने दुनियाँ जलाई राखून 
सत्यता अन्तिम त्यै धुनी रहेछ !५!

गजल

बिमर्ष गरियो विचार गरियो 
सोचेर जिन्दगी चिरफार गरियो!१!

दु:खमै डुबेको भेटियो जिन्दगी 
मायाले उठाइयो सु-सार गरियो!२!

यो भाग्य लेख्ने त हत्केला रहेछ 
निर्धारण आफूले निधार गरियो!३!

हेर्नु छ बसेर देश चल्छ् चल्दैन?
भाषण चै मन्चमा धुँवादार गरियो!४!

मृत्‍युको मुखमा हालेर जिन्दगी 
खाडीमा जवानी ब्यापार गरियो !५!

गजल

क्वाटर हैन आधा होइन पुरा सोच्न भ्याईहाल्छु 
साँझ पर्दै नपर्दै म सुरा सोच्न भ्याईहाल्छु !!

मुस्कुराउदै जब उनी मेरो नजिक आइपुग्छिन
घरवार सोच्न भ्याइहाल्छु भुरा सोच्न भ्याईहाल्छु!!

एउटा कुरा माग्छु हजुर दिनुहुन्छ मलाइभन्दा 
उपहारमा सिन्दुर टीका चुरा सोच्न भ्याईहाल्छु!!

कृस्टिना र क्याट्रिनाको प्रेम पत्र आउछ जब
आलिया सोच्न भ्याईहाल्छु नुरा सोच्न भ्याईहाल्छु !!

पराया नै आफ्ना लाग्छन आफ्ना सम्झी आए कोही 
आफन्तले घोचिरहने छुरा सोच्न भ्याईहाल्छु !!

Friday, January 25, 2019

हाँसो मेरो फुत्किहाल्छ सर्खार देखेपछी

भाग्यमानी हुँ झैँ लाग्छ बारबार देखेपछी 
खुइलिएको तालु सम्म निधार देखेपछी !!
यो कारणले कमेडी शो हेर्न छोडेको हुँ 
हाँसो मेरो फुत्किहाल्छ सर्खार देखेपछी !!

कपि पेस्ट जोक

४ बर्ष देखि छुट्टि नगएर केहि पैसा वचत गर्न टिकटको पैसा लिदै बिदेशमा बसेको दाइले बिदेशमा बसेको भाइ लाइ फोन गरेछ
दाइ :के छ भाइ खबर ! 
भाइ: के हुने दाइ, गर्ल्फ्रेन टेन्सन दिराछे 
दाइ: के भयो र भाइ ? 
भाइ: कि खुरुक्क नेपाल आएर बिहे गर, हैन भने मलाइ बर्सेनि तिन लाख देउ भन्छे दाइ!
दाइ: किन नि भाइ तिन लाख चै? 
भाइ: कानुन दाइ नया कानुन! जस्ले आफ्नो बारी बाझो राख्छ, उस्ले जरिवाना तिर्न पर्ने रे !😂🤣
कपि पेस्ट जोक