मेरो चोखो मायालाई लत्याएर गयौ तिमी
निस्ठुरिको झुटोमाया पत्याएर गयौ तिमी ||
कहाँ खोजु कहाँ भेटु यती ठुलो संसारमा
माछो माछो भ्यागुता भो कहाँ गए बाचा तिम्रा
बाटो एकै माटो एकै छक्याएर गयौ तिमी ||
हाँसी खुशी ज्यानै दिन्थे मुस्कुराइ माग्या भए
झुक्याएर झिटिकुटी हत्याएर गयौ तिमी ||
jeetu khadka
morang urlabari
morang urlabari
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment