लेख्न सक्ने भए मैले आफ्नै भाग्य लेख्थे होला
छेक्न सक्ने भए दु:ख हत्केलाले छेक्थे होला |
लेखी दियो भाबिले कर्म जस्तो लेख्यो उस्तै भोगे
मेट्न सक्ने भए कर्म रगतैले मेट्थे होला ||
पिडा बढ्यो केश झर्यो बाँकी हुँदै गयो कैलो
हिलो मैलो सधैभरी म'त यस्तै धैलो मैलो |
न त डर न त भर पानी चुइने छनो मेरो
भात्किएको घर मेरो कहा भेट्छौ तिमी दैलो ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment