आज फेरी नशा छुन बाध्य भएछु
संम्झिएर फेरी रुन बाध्य भएछु !!
देख्न थाले फेरी तिम्रो धमिलो तस्बिर
चुहाएर आँशु धुन बाध्य भएछु !!
साथ खोज्थे बारम्बार मैले तिम्रो नै
आखीर मा एक्लै हुन बाध्य भएछु !!
आयो याद तिम्रो फेरी निदाउ कसरी
हेरी बस्न आज जुन बाध्य भएछु !!
यो मायाँको उपहार दियौ घृणाले
संम्झिन त्यो तिम्रो गुन बाध्य भएछु !!
जिउनुको आधार नै खोज्दै छु आज
सुकाउन आफ्नै खुन बाध्य भएछु !!
गजलकार :बसु श्रेष्ठ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment