जीतु |
खोटी कर्म फुटेर पो पछुतो भो||
हात माथि हात राखी गर्यौ बाचा
थाम्ने हात छुटेर पो पछुतो भो !!
पराइमा दम कहाँ थियो लुट्ने
आफ्नाले नै लुटेर पो पछुतो भो ||
दुध दिदै नाग मैले हुर्काए छु
डस्न भनी जुटेर पो पछुतो भो ||
चुनौती भो काल लाई मर्दिन म
गरीबीले कुटेर पो पछुतो भो ||
जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment