कोलाहल दुनियाँमा मेरो आवाज हरायो
कती गरु गोडाफार मेरो कवाज हरायो !
पहीरन त मागेर लायौ सँस्कार नि माग्यौ
मागेको त्यो संकारले रिती रिवाज हरायो !!
मुक्तक २
बेदनाका पोकाहरु सँगालेर हिन्दैछु
बाध्यताका बोराहरु अँगालेर हिन्दैछु !
चर्किन्छ यो छाती मेरो आँशुको नै भेलले
चिरा परेको छाती अझै भँगालेर हिन्दैछु !!
मुक्तक ३
कडोरौ छ मुल्य हाम्रो तिमी लाख नदेखाउ
खस छेत्री म पनि हुँ तिमी धाक नदेखाउ |
चाहे भने मैले पनि बन्द हुन्छ नेपाल यो
नाक हेर्दै राज्य माग्ने तिम्रो नाक नदेखाउ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment