Pages

Wednesday, December 26, 2012

गजल

बिदेशी संस्कार पछ्यायौ तिमीले 
ढाकेको शरीर नङ्गायौ तिमीले |१| 

झुलेर नसामा उफ्रिदै बुरुक्क 
भएको इज्जत गुमायौ तिमीले|२| 

मोहोनी रुपको छरेर जादु त्यो 
सोझा ति तन्देरी फँसायौ तिमीले|३| 

समिपै आएर जुधाइ नजर
सेलाको जवानी ततायौ तिमीले|४| 



उम्लेको जवानी पोखेर बजारमा
लुटाइ अस्मिता के पायौ तिमीले|५|

उदाङो बनाइ रिती र रिवाज
आदर्श नारी हौ जनायौ तिमीले|६|

यथार्थ बुझेर लाजले निउरिदै
लाजको भकारी पचायौ तिमीले|७|

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish