Pages

Wednesday, December 26, 2012

गजल १५५

भोका नाङ्गा लुला खुट्टा काहाँ टेकिन्थ्यो र!
पेट भित्र राँको बल्दा काहाँ देखिन्थ्यो र !!

नजन्मिदै निधारमा कोरिएको भाग्य 
पसिनाले मेट्न खोज्दा काहाँ मेटिन्थ्यो र!!

महङीले थलिएछ कठै! बिचरा त्यो 
टेक्ने धर्ती फाटे पछी काहाँ उभिन्थ्यो र!!



पक्कै कुनै रहस्य छ धुर्बे बौलाउनुमा
बिना बादल आकाश पो काहाँ गर्जिन्थ्यो र!!

अबलाको अश्मितामा लुछा चुँडी गर्ने
पर्शुराम झै पशु हुँदा काहाँ बाचिन्थ्यो र!!

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish