Pages

Wednesday, December 26, 2012

गजल १५३

नकाब थ्यो मुहारमा बदलेर गयो 
छाती भरी बिष रैछ ओकलेर गयो||

गर्दो रैछ डाहा उस्ले मेरो खुशी माथी
भित्र भित्रै आरिसले उ जलेर गयो||

थेन चिन्ता भबिस्यको आजै भए पुग्थ्यो 
फल खायो अनी जरै उखलेर गयो||


चाहन्थ्यो उ सदभाबमा आगो सल्काउन 
सके सम्म फुक्यो आगो नबलेर गयो||

एक्लै बसी भुत्भुतायो पछुतायो आँफै 
उस्को सिक्का खोटो थियो नचलेर गयो||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish