रिसाएको मान्छे लाई मनाउन सक्नु पर्छ |१|
नयाँ नेपाल बन्दैन हौ कुरा मात्र कथुरेर
पौरखी ति पाखुरी लाई बजाउन सक्नु पर्छ|२|
खाको गाँस ओकलेर हुर्काएका लालाबाला
मन्द मन्द मुस्कुराउदा अघाउन सक्नु पर्छ|३|
मागी मिठो खाई हुन्न चोरी राम्रो लाई हुन्न
संस्कारको पाटो आफ्नो जोगाउन सक्नु पर्छ|४|
गरीबको झुपडीमा जन्म लिनु परे पछी
मन्का इच्छा मनै भित्र दबाउन सक्नु पर्छ|५|
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish