हामी लड्छौ उनिहरु सम्हालिन्छन् यहाँ ||
हत्याराले नारा लाँउदा जनयुध्द शब्द
रगतका छिटा सबै पखालिन्छन् यहाँ||
सरकारलाई रेमीट्यान्स नपुगेरै होला
अरबेका झोला मात्र खोतालिन्छन् यहाँ||
अख्तियारले कार्वाही गर्दा भस्ट्रचारी लाई
बिरोधमा नारा जुलुस निकालिन्छन् यहाँ||
स्वघोषित गजलकार नबन्नुहोस् गाँउले
तिम्रा गजल खोपी बाटै नियालिन्छन् यहाँ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment