दैलो दैलो डुल्दै तिहार सँघारमा आयो ||
आकाश तिर फर्किएर रुदै भन्छिन दिदी
मेरो भाइ टिका थाप्न जहाजमा आयो||
हत्केलामा थापी रहेँ छचल्किदा मैले
आँखा भर्दै आँशु झर्दै यै गहमा आयो||
फुटाइदेउ बाधा मेरा ओख्खरमा दिदी
मलाई लिन यमराज प्रखालमा आयो ||
परदेशमा गाँउले लाई रुवाउन होला
हिजो बाट यमपञ्चक आँगनमा आयो ||
जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment