राजु मुखिया |
उनि एकाएक हराईन मेरो जीवनदेखि
लाग्छ शायद डराईन मेरो जीवनदेखि|
म भने अन्धा धुन्ध अझै खोजि रहेछु
बस्ती अन्तै, सराईन मेरो जीवनदेखि||
मुक्तक २
तिम्रो याद आईरहन्छ किनहोला बिहानीमा
चस्स मुटु खाईरहन्छ किनहोला बिहानीमा!
मायाँ गरि ठुलै गल्ति गरेछुकि हे भगवान!
सँधैजसो सताईरहन्छ किनहोला बिहानी!!
मुक्तक ३
हो तिमीलाई रुवाउने रहर थिएन
सँधै आँशुमा डुबाउने रहर थिएन!
तिम्रै ब्यबहार बदलियोत के गरूँ
सत्यहावामा उडाउने रहर थिएन!!
मुक्तक ४
हिजो आज आफै संग बोल्न थालेकोछु
मन्को पीडा मनै संग खोल्न थालेकोछु!
जथाभाबी मन डुलाउदा उख्दोरैछ अति
आज त्यहि डुल्ने 'मुटु' पोल्न थालेको छु!!
मुक्तक ५
आखिर उस्ले आफ्नो औकात देखाई छाड्यो
प्यारको साटो अनौठो सौगात देखाई छाड्यो
सबैले भन्नेगर्थें झुटो प्यारमा नफस्नु दर्पण
आबस्यकता पुरा गर्ने मौकात देखाई छाड्यो
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment