Pages

Sunday, December 29, 2013

गजल

पछी बाट छुरा रोप्ने लामको के बयान गरौ 
जूनले नै पोल्छ यहाँ घामको के बयान गरौ!!

सराबको बोतल भित्र निस्ठुरीको तस्बिर छ 
केही प्याला संगै पिउ नामको के बयान गरौ!!

स्वर्गभन्दा प्यारोलाग्छ मलाई मेरो पखेरो नै 
जन्मिएर हुर्किएको गामको के बयान गरौ!!  

 तिम्रो होला मेरो होला जस्को पनि हुन सक्छ 
नलेखेरै राखिएको खामको के बयान गरौ!!

नसोध्नु भो गाउँलेलाई हालखबर परदेशको 
मृत्‍यु सैया टेक्नु पर्ने कामको के  बयान गरौ!!

जितु खड्का गाउँले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: