Pages

Tuesday, December 03, 2013

गजल

कती लेखौ गजल अब दोर्याएर उही शब्द 
रदिफ र काफियामा उभ्याएर उही शब्द !!

काफियामा हरामी पो लेखी दिए ति मित्रले 
शब्द अर्थ खोज्दै छु म ठम्याएर उही शब्द!!

धोती लाँउ रोटी खाँउ शब्द मागौ सापटीमा 
मन्दिर सँग फकिर लेखौ पछ्याएर उही शब्द!!

क्यौं फिकर करु भैया जो होगा देखा जाएगा 
नेपाली हो भनौ अब चिच्याएर उही शब्द!!

यसरी पो आधुनिक गजलकार हुँदा रैछन् 
गाँउले तँ नि पछी लाग सोझ्याएर उही शब्द!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 

नोट:
(आजभोली नेपाली शब्दकोष लाई धोती बेरेर सिङा शब्द हरुलाई जस्तो काफिया चाइने भयो काटकुट भाँच भुच पारे अर्थ न बर्थ गोबिन्द गाई टाउको दुखेको दबाइ नाइटोमा लाई भने जस्तो पाराले शब्दकोष नै प्यावा सम्झिएर अझ भनौ हिन्दी शब्द मिसाएर नेपाली गजल कोर्ने कही कही त यस्तो आभाष हुन्छ जुन हिन्दी गजल नेपालीमा अनुवाद गरे को पो हो कि भन्ने त्यस्ता बिक्रिती माथि ब्याङ प्रहार गर्दै नेपाली गजलमा नेपाली सब्द प्रयोग भन्ने आग्रह मात्र हो मेरो )
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: