Pages

Wednesday, December 04, 2013

गजल (सराबी )

गजल

म त आफ्नै बेहाल देख्छु पिएपछी यार
जिन्दगी नै वाल देख्छु पिएपछी यार!!

आँखा लोभी होलान मेरा पापी होला मन 
बुढीमाउ नै माल देख्छु पिएपछी यार!! 


क्रान्तिकारी कुकुर जब भुक्न थाल्छन् यहाँ 
दियो पनी साल देख्छु पिएपछी यार!!


जब आउछ झटारो मलाई उपहारमा डाडु 
आफ्नै बुढी त्रिकाल देख्छु पिएपछी यार!!


जमनानै उस्तो हो कि या मान्छेहरु उस्ता 
धोकेवाजकै संञ्जाल देख्छु पिएपछी यार!! 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: