Pages

Wednesday, January 15, 2014

कप्टेरो के हो कसरी लेखिन्छ

कप्टेरो के हो कसरी लेखिन्छ ?
सरल भाषामा कप्टेरो बुझ्नुस्

कप्टेरो भनेको एक रमाइलो नयाँ जन्मेको रचना हो बिधा भन्न् रुचाउदिन म
सबैजना बार्हखरी जानेकालाई साहित्यकार बनाउने मेसो

जसमा माथिल्लो हरफमा नेपाली उखान हुन्छन
दोस्रो हरफमा लेख्ने ब्याक्तीको रचना हुन्छन उखानमा मेल खाने अनुप्रास राखेर रसिलो घोचिलो पेचिलो ब्याङातमक बनाइन्छ
तेस्रो हरफमा कुरा बुझ्नुस् र चौथो हरफमा घरतिर कुद्नुस्

उदाहरण

बाँदरको पुच्छर लौरो न हतियार 
नेता गर्छन भ्रष्टाचार हेरिरन्छ अख्तियार !
कुरो बुझ्नुस !
घरतिर कुद्नुस !

सजिलो गरी बुझ्नुस्

पहिलो हरफ १
बाँदरको पुच्छर लौरो न हतियार( यो नेपाली उखान हो )
दोस्रो हरफ २
नेता गर्छन भ्रष्टाचार हेरिरन्छ अख्तियार !( यो सर्जकको कला हो उखानमा प्रयोग भएको हतियार अनुप्रासमा मेल खाने गरी अख्तियार आएको छ्
तेस्रो हरफ ३
कुरो बुझ्नुस् ( जस्ताको तस्तै )
चौथो हरफ ४
घर तिर कुद्नुस् (जस्ताको तस्तै )


केही सर्जकहरुका कप्टेरा हरु

Karna Devkota
बाँदरको पुच्छर लौरो न हतियार
नेता गर्छन भ्रष्टाचार हेरिरन्छ अख्तियार !
कुरो बुझ्नुस !
घरतिर कुद्नुस !

Behoshi Bhim Rasaili 
जब राती बुढी ताती
अनि भयो केके जाती
कुरो बुझ्नुस
घरतिर कुद्नुस

Anuragi Binod Gaire 
नमच्चिने पिङको सय झट्का
फेरि कप्टेरोले मार्दैछ फट्का!
कुरो बुझ्नुस!
घर तिर कुद्नुस!

Sunil Mahato
बुझ्नेलाई श्रीखणड नबुझ्नेलाई खुर्पाको बिड
फोकटमा आछ र खाँदै हग्छौ लिड!
कुरो बुझ्नुस!
घर तिर कुद्नुस!

कल्पना पौडेल 'जिज्ञासु' 
खाइ न पाई छालाको टोपी लाई
नदुखेको टाउको दुख्यो कित भाई?
कुरो बुझ्नुस
घर तिर कुद्नुस



Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: