Pages

Wednesday, January 15, 2014

गजल

पुरातनले जरा गाढ्यो अग्रगामीको अभाबमा 
जस्तो थिए उस्तै रहें म हामीको अभाबमा!१! 

पैसा छाप्ने छापाखाना अस्पताल भए देखी 
अस्पताल छट्पटाउछन् बिरामीको अभाबमा!२! 

युवाहरु यसै गरी बिदेश मात्र गए भने 
घरभित्रै चिहान हुन्छ मलामीको अभाबमा!३! 

प्रायजसो मन्दिरमा बोका राँगा वली चड्छन् 
बढेकै छ हत्या हिम्सा प्रणामीको अभाबमा!४! 

बिज्ञानले जब देखी चमत्कार सुरु गर्‍यो 
गाउँलेहरु मर्न छोडे त्यो धामीको अभाबमा!५! 

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: