Pages

Sunday, January 12, 2014

गजल

यो जिन्दगी अर्थपूर्ण ढंङ्गले म हेरीरहेछु 
लगातार एकैनास संगले म हेरीरहेछु !!

 समस्याका थुप्राहरु दिन रात टुसाउँदा 
पिपिरा ति अचम्मका दङ्गले म हेरीरहेछु!!  

दौरा फाट्दा टालीलाँए महङी थ्यो बजारमा   
महसुस गर्छन् हर अंगले म हेरीरहेछु !!

 भेटीएला कुनै दिन त जिन्दगीको परीभाषा 
आँखा चिम्ली यो मनको तरङ्गले म हेरीरहेछु!! 

सानो सानो कुरा भित्र खुशी खोज्दै रमाउने 
गाउँलेको जीवन सैली उमङ्गले म हेरीरहेछु!! 


जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल-साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: