Pages

Wednesday, January 15, 2014

गजल

लाजको त्यो घुम्टो दिन्छु सुन सक्दिन म 
जूनेलीको रात दिन्छु जून सक्दिन म !! 

सिमारेखा खिचि दियो सिन्दुरले अब 
डाँको छोडि नरोउ सानु छुन सक्दिन म!!

जिन्दगीको बाटो हाम्रो बेग्लै भए पछी 
तिमी हाँस्दा हाँसीदिन्छु रुन सक्दिन म!!



मुटु माथी ढुङ्गा राखी बिदा दिएँ हाँस्दै
अन्तिम पल्ट हाँसी दिएँ पुन:सक्दिन म!!

चखेवा झै मिर्मिरेमै देह त्यागी दिन्छु
तिम्रै थिए पराइको हुन सक्दिन म!!

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: