Pages

Saturday, January 31, 2015

गजल

फुली फर्क्री जवानीको झरे थुँगा अरबैमा 
रेखी बस्दा हिंडेको थें फुले जुँगा अरबैमा!१!

झोला बोकी आएको थेँ कोचारेर लान भनी 
न त भेटे हिरा मोती न त मुँगा अरबैमा !२!

कि त माछो कि भ्यागुतो पक्कै पर्थ्यो भाग्यमा भा 
भुत्रा पर्नु अभागीलाई थाप्दा खुँगा अरबैमा !३!

न घरले आईज भन्छ न त वनले जा जा भन्छ 
चाउरे मुख बुढो शरीर अझै नुँगा अरबैमा !४!

गरिवीको लुतो फाल्न भिसा हानी किनिस् गाउँले
आयुर्बेदिक ओखती हो हल्ला सुँगा अरबैमा !५!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: